Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माओवादीको प्रस्तावित अन्तरिम विधान : २९९ सदस्यीय केन्द्रीय समिति, ३५ प्रतिशत महिला अनिवार्य

maoist-center-cc-meeting-1628947161.jpg

नेकपा माओवादी केन्द्रमा राष्ट्रिय महाधिवेशन नहुँदासम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश भएको छ ।

शनिबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेश गरिएको आगामी पुसमा राष्ट्रिय सम्मेलन प्रस्ताव गरिएको छ । साथै अन्तरिम विधानको मस्यौदामा राष्ट्रिय महाधिवेशन नहुँदासम्मका लागि २९९ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ ।


राष्ट्रिय सम्मेलनले केन्द्रीय कमिटी बनाउनेछ भने त्यो कमिटीले अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव मनोनयन गर्ने प्रस्ताव छ ।

केन्द्रीय समतिको बढीमा एक तिहाई पोलिटब्यूरो र त्यसको एक तिहाई एक स्थायी समितिमा रहनेछन् भने दैनिक कार्यसञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहित केन्द्रीय कार्यालय बनाउने प्रस्ताव छ । केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्य सम्पादनका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेत रहेको केन्द्रीय सचिवालय बनाउने माओवादीको प्रस्ताव छ ।

माओवादी केन्द्रको प्रस्तावित अन्तरिम विधानमा सबै तहका समिति र अधिवेशन प्रतिनिधिहरुको निर्वाचन खुला, भूगाल र समावेशीका आधारमा गरिने उल्लेख छ ।

माओवादीले सबै समितिमा महिला ३५ प्रतिशत हुनुपर्ने व्यवस्था विधानमै गर्न प्रस्ताव गरेको छ । दलित समुदायका लागि केन्द्रीय कमिटीमा १५ प्रपितशत सदस्य र अन्य समितिमा भूगोलले सटेमेको दलित संगठाको अनुपातमा २ प्रतिशत थप गर्ने प्रस्ताव छ ।

माओवादीले सबै समितिमा २० वर्षमाथिका युवाहरुलाई कम्तिमा २० प्रतिशतको संख्या समावेश गरिने समेत बताएको छ । यसअघि स्थायी कमिटीले ४० वर्षमुनिका युवा २० प्रतिशत भनेको थियो । तर केन्द्रीय कमिटीमा पेश भएको अन्तरिम विधानको मस्यौदामा त्यसलाई उल्टाएर २० वर्षदेखि माथिका युवाहरुलाई भनिएको छ ।