Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माओवादीका दुईजना नेता एमालेमा प्रवेश

uml-1-1630560787.jpg

दैलेखमा नेकपा (माओवादी केन्द्र) का दुईजना नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुसँगै आधा दर्जन कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको नीति, विचार र सिद्धान्त सही लागेर आफु एमालेमा प्रवेश गरेको विश्वकर्माले बताए । ‘देशमा एमालेबाहेक अरुले समृद्धि ल्याउन नसक्ने बुझेर एमाले प्रवेश गरेको हुँ’, उनले भने ।

गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवारसमेत रहेका विश्वकर्मा एमाले प्रवेश गरेसँगै आठबीस नगरपालिकामा एमाले थप बलियो भएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०