nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माओबादी केेन्द्र अध्यक्ष प्रचण्डलाई बुढेसकालमा एक्लै भइएला भन्ने डर!

CMPrachanda_rambrikshya_2-1631465339.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी पार्टीको नेतृत्व गरे पनि एक्लै पर्न सकिने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आइतबार राजधानीमा आयोजित 'नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा' नामक पुस्तकको विमोचन कार्यक्रममा प्रचण्डले यस्तो कुरा बताएका हुन् । उनले भने, 'माओ त्सेतुङले श्रीमतीको पनि विश्वास छैन भन्नुभयो । कहिले काहीँ मलाई पनि यस्तै यस्तै हुँदो रैछ । म एक दुई-वर्षपछि एक्लो पो हुने हो कि ! माओले जस्तै म पनि एक्लै छु भन्नुपर्ने हो कि ! कहिलेकाहीँ त्यस्तो चित्र पनि दिमागमा आउँछ ।’

उनले आफ्नो पुस्ताको नेतृत्व अन्तिमसम्म पदमा बस्न मन नभएको पनि बताए । उनले नयाँ संश्लेषण विना क्रान्तिलाई अगाडि लैजान नसकिने बताए । उनले भने, 'अहिले तीन टुक्रा भएर गलत भयो भनेर यति यान्त्रिक र अवस्तुवादी विश्लेषण सही हुँदैन । त्यहाँभित्र पनि एउटा विषम थियो र उद्देश्य थियो । त्यहाँभित्र कस्तो बहस चल्यो भन्ने त एउटा समीक्षाको जरुरी छ ।’

उनले प्रतिक्रियावादीहरुले गरेका षड्यन्त्र र भूमिकाको समीक्षा हुन जरुरी रहेको पनि बताए । उनले नेकपा बनाउने सपना रहे पनि पूरा हुन नसकेको बताए । यस क्रममा उनले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका थिए । प्रचण्डले भने, ‘विद्धानहरुले व्याख्या धेरै गरे तर, मुख्य कुरा बदल्ने हो । नेपालको कम्युनिस्ट आन्दोलनमा सामन्तवाद विरोधी, साम्राज्यवाद विरोधी त्याग तपस्यालाई सम्मान गर्न डराउने नाम लिन डराउने त्यो भनेको जात जान्छ जस्तो गर्ने प्रवृत्ति छ ।’

कम्युनिस्ट पार्टीलाई विकास र परिमार्जित गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘वैज्ञानिक समाजवादको आवश्यकता छैन भन्ने कुराको खण्डन गर्नुपर्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा उपदेश दिने धेरै देख्यौँ । मिठोसँग अरु सबै खराब म चाहिँ ठीक भनेर उपदेश दिने धेरै भए । मार्क्सवादमा धेरै कुराहरु सत्य छन्’ उनले भने, ‘क्रान्तिका लागि नेपालको जमिन उर्वर छ । तर, यो भन्ने हैसियत धेरै देशले गुमाएका छन् ।’