Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माअाेवादी अध्यक्ष प्रचण्डले भने–"तेस्रो शक्ति बन्छौं"

Prachandra-1506051710.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटका कारण अहिले नै देशको पहिलो पार्टी बन्ने अवस्था नरहेको भन्दै आगामी चुनावमा शक्तिशाली तेस्रो बन्ने बताएका छन् । माओवादी केन्द्रको वरीपरी चौथो शक्ति आई नपुग्ने गरी तेस्रो हुने प्रचण्डको दावि छ । उनले सरकार र राज्य संचालमा माओवादी केन्द्रको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे । 

हेटौँडामा ६ असोजमा संचारकर्मीहरुसँग कुरा गर्दै केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी आगामी प्रदेश र संघीय चुनावमा शक्तिशाली तेस्रो पार्टी बन्ने अाशा व्यक्त गरे । उनले नेपालको निर्वाचन प्रणाली दुई नम्बरीले मात्रै चुनाव लड्न सक्ने खालको भएको बताए । वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै सामान्य र मध्यम वर्गले चुनाव लड्न सक्ने अवस्था नरहेको बताए । 

हेटौंडालाई प्रदेश राजधानी बनाउन प्रचण्डलाई ज्ञापनपत्र

३ नम्बर प्रदेशको राजधानी हेटौँडालाई बनाउन माग गर्दै ६ असोजमा पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाईएको छ । जिल्ला समन्वय समिति टोलीले नेकपा माओवादी पार्टी कार्यालय गर्दोई पुगेर दाहाललाई (ज्ञापनपत्र बुझाएको हो । 

समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अध्यक्ष दाहाललाई हेटौंडा नै प्रादेशिक राजधानी हुर्ने आधारसहितको ज्ञापन बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै दाहालले सबै राजनैतिक दलको सहमति भएकामा अन्य दृष्टिकोणले हेटौँडा प्रादेशिक राजधानी बनाउन उपयुक्त रहेको बताए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनी लगायतको सहभागिता रहेको थियो ।