Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

महिला उद्यमशीलता भावी कार्ययोजना विषयमा हेटौंडामा अन्तरक्रिया

मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा २४ जेठमा संघको सचिवालय हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी समितिकी उपसभापति सरु के.सी.लगायतसँग महिला उद्यमशीलताको विकास तथा भावी कार्ययोजना अन्तक्र्रिया गरेको छ । 
संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षता तथा समितिकी उपसभापति रवीलक्ष्मी श्रेष्ठको विशेष आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि सरु के.सी.ले अवको दिनमा महिला उद्यमीहरु परम्परागत तालिम तथा व्यवसाय भन्दा माथि उठ्नु आवश्यक भैसकेको बताएकी छिन् । के.सी.ले अगाडी भन्नुभयो, महिला शब्दको पूर्ण रुप भनेकै “म”गर्छु, “हि”म्मत गर्छु, “ला”गि पर्छु हो । “”सरकारले महिला व्यवसायीको विकासमा सघाऊ पुर्याउन बार्षिक बजेटको महिला उद्यम कोषका रुपमा ४० करोड समेत बिनियोजन गरेकोले महिला उद्यमशीलताका लागि महासंघमा प्रस्ताव ल्याउन समेत आग्रह गरेकी छिन् । 

अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि के.सी.लाई टीका, माला लगाएर स्वागत समेत गरिएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, सचिव उज्वल चौलागाई, समितिकी पूर्वसभापति शर्मिला डंगोल, निरा गोर्खाली, सुशीला पाण्डे मानन्धर लगायत समितिका महिला उद्यमी समितिका सदस्यहरुको सहभागिता रहेको थियो । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg