Tuesday, 16th June, 2026
वि.स.

महासंघको सदस्यता नवीकरणका लागि समय थप्न फोनिजको आग्रह

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोरोना महामारीका बीच नेपाल पत्रकार महासंघको सदस्यता नवीकरणका लागि तोकिएको समयसीमा थप गर्न आग्रह गरेको छ । कोरोनाका कारण काठमाडौं उपत्यका ‘सटडाउन’मा रहेको तथा दर्जनजति जिल्लाहरुमा निषेधाज्ञा जारी रहेकोले समयसीमा थप गर्न आग्रह गरेको हो । 

फोनिजका महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तीमा महाधिवेशनको मिति नतोकिएको र राष्ट्रिय भेला हुन गइरहेको अवस्थामा राष्ट्रिय भेलाबाट अनुमोदन हुने गरी सदस्यता नवीकरण र वितरणको समयवधी बढाउन आग्रह गरिएको छ । 

यस्तै सदस्यता शुल्कमा निश्चित प्रतिशत छुटको घोषणा गर्न फोनिजले आग्रह गरेको छ । 

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०