Monday, 15th June, 2026
वि.स.

महालक्ष्मी विकास बैंकको आवास कर्जा : घर निर्माणमा ९०%, किन्नलाई ७०%सम्म कर्जा

 महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले यस कर्जायोजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको अधिकतम ९०५ सम्म कर्जा प्रवाह गर्नेछ भने घर खरिदमा अधिकतम ७०५ सम्म कर्जा लगानी गर्ने छ ।

कर्जाको अवधि अधिकतम २५ वर्ष, सुलभ व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट, घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना बीमाजस्ता आकर्षक सुविधाहरु बैकले प्रदान गर्नेछ । बजारमा हुनसक्ने उतारचढावबाट ऋणीलाई सुरक्षित गर्नका लागि यस योजनाअन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत रहन पनि सक्ने व्यवस्था छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । 

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकका ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।    



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०