Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मन्त्री स्थापितले भने–हेटौंडाबाट राजधानी सारेरै छाड्छु’

प्रदेश ३ का का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले डेढ महिनाभित्र हेटौडाबाट प्रदेश राजधानी सारेरै छाड्ने आश्वासन दिएकाछन् । रामेछापको मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको लदी पूजा कार्यक्रममा मन्त्री स्थापितले भने, ‘हेटौडा कसैलाई पायक पर्दैन । पायक नपर्ने ठाउँमा राजधानी राखेर हुन्छ ?’  उनले अघि भने, ‘मैले अठोट गरिसकेको छु, प्रदेश ३ को राजधानी काठमाडौं आसापास हुन्छ । एकदेखि डेढ महिनाभित्र राजधानी सरिसक्छ ।’

स्थापितले माझी समुदायको लदी पूजालाई पर्वको रुपमा सूचिकृत गराउने प्रतिवद्धता पनि व्यक्त गरे । प्रविधिले खोसेको माझीको माछा मार्ने र डुंगा चलाउने पेसालाई अब नयाँ हिसावले अघि बढाउनु पर्ने पनि उनले बताए । माझी समुदायको पेसासँग जोडिएको शिप विकास तथा साधन र श्रोत जुटाउन प्रदेश सरकारले जति पनि खर्च गर्न सक्ने प्रदेश सरकारका मन्त्री स्थापितले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०