Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मन्त्री के.सी.ले हेटौंडामा भने–‘गलत निर्णयका कारण काँग्रेसले हा¥यो’ 

नेपाल सरकारका खेलकुद मन्त्री तथा प्रतिनिधि सभा काठमाण्डौं १० बाट विजयी उम्मेदवार राजन केसीले नेपाली काँग्रेसको नेतृत्वले लिएको केही गलत निर्णयका कारण नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नुपरेको बताएकाछन् ।

काँग्रेस मकवानपुरको आयोजनामा १४ पौषमा हेटौंडामा गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री केसीले काँग्रेस हार्नुको पहिलो कारण दोश्रो र तेश्रो ठूलो दलको गठबन्धन हुनु भएपनि मूख्य कारण भनेको काँग्रेसका नेतृत्व तहका नेताको हानथाप पनि रहेको बताए । 

१५ पौषमा हेटौंडा ७ गौरीटारमा रहेको रंगशाला निरिक्षण गर्न १४ पौष साँझ हेटौंडा आईपुगेका मन्त्री केसीले मकवानपुरमा गठबन्धन नमिल्दा टेक्निकल्ली रुपमा काँग्रेस हारेको आफूले पाएको बताए । अहिले एमालेमा रहेको दम्भ धेरै नटिक्ने बताउँदै मन्त्री केसीले पदको लोभ नगरी जनताको सेवालाई मूख्य उद्देश्य राखी राजनीति गर्नेले कहिल्यै हार नखाने प्रष्ट पार्दै काँग्रेस चुनाव आएपछि मात्रै जुर्मुराउने कार्यको अन्त्य हुनुपर्ने बताए ।

काँग्रेसका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभापतत्वमा भएको स्वागत तथा छलफल कार्यक्रममा अथितिहरु निर्वतमान सभापति रघुरमण न्यौपाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार अशोक शाक्य जिल्ला सदस्यहरु राजिव सुवेदी, अमृता थापामगर, सुशान्त श्रेष्ठ, महिला संघ, तरुण दल, नेविसंघ, तामाङ संघ, प्रेस युनियन, किसान संघका जिल्ला प्रमूख, पदाधिकारी एवं सदस्यहरुसहित पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg