nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मन्त्री अधिकारीको शोकमा भोलि सार्वजनिक विदा

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा १६ फागुनलाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सरकारले १६ फाुगनमा सर्वजनिक दिने निर्णय गरेको छ । 

१६ फागुन साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय समेत गरेको छ । 

सरकारले १६ फागुनमा र सबै सरकारी निकाय कूटनीतिक नियोग र शैक्षिक संस्था आदिमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको मन्त्री थापाले जानकारी दिए ।