nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरी महोत्सव माघ १६ गतेदेखि हुने, औपचारिक उद्घाटन नहुने

उद्घाटनको तयारीमा गरिएपनि हावाहुरीले महोत्सव स्थलका भौतिक संरचनामा क्षति पु¥याएपछि रोकिएको तेस्रो मनहरी महोत्सव १६ माघ आइतबारबाट सुचारु हुने भएको छ । यद्यपि महोत्सवको औपचारिक रुपमा उद्घाटन भने हुनेछैन । 

मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा माघ १४ गतेदेखि २४ गतेसम्म महोत्सव आयोजना गरिएको थियो । तर, उद्घाटनका लागि शोभायात्रा भइरहँदा आएको हावाहुरीका कारण मञ्च, स्टल तथा बार समेत क्षतिग्रस्त बनाएपछि महोत्सव अनिश्चित बनेको थियो । 
नेपाली सेना, प्रहरी तथा स्थानीय युवाहरु, राजनीतिक पार्टीका युवा संगठनहरु समेतको सक्रियतापछि शनिबार साँझसम्ममा स्टल, मञ्च तथा बारहरु निर्माण सकिएको आयोजकले जनाएको छ । पुननिर्माणसँगै ल्होसार बिशेष कार्यक्रमका लागि भनेर निम्ता गरिएका कलाकार मिलन लामासहितले आज तामाङ समुदायका लागि प्रस्तुति दिएका थिए । यद्यपि ल्होसार बिशेष कार्यक्रम आयोजना गरी महोत्सवमा समाहित भएको नेपाल तामाङ घेदुङ ४ नं क्षेत्रीय समितिले माघ १९ गते महोत्सव स्थलमै ल्होसार बिशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

महोत्सव मूल समारोह समितिका संयोजक गोविन्द रिजालका अनुसार अब नियमित तालिका अनुसार माघ २४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रम गर्नेछन् । मेलामा यसपटक ५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ भने डेढलाख दर्शकहरुले महोत्सव अबलोकन गर्ने अनुमान गरिएको मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका उपाध्यक्ष नारायण सुवेदीले बताए । महोत्सवमा हालसम्म दुई सयवटा स्टल निर्माण गरिएको छ । १७५ वटा कपडा, कृषि, आइटी र अन्य स्टलहरु राखिएका छन् । ९ बिशेष स्टलहरु छन् । जसमा बहुराष्ट्रिय कम्पनीहरुले बुकिङ गरेका छन् । १६ वटा स्टलहरुमा होटल रहनेछ । महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरु आउँदैछन् । गायिका कोमल वली, गायकहरु बद्री पंगेनी, पशुपति शर्मा, प्रजापति पराजुली लगायतका गायक गायिकाहरु आउँदैछन् । त्यसैगरी हाँस्यकलाकार मनोज गजुरेल पनि आउने भएका छन् ।
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com