Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरी गाउँपालिकाकी उपाध्यक्ष बिष्टले राजीनामा दिइन्

manila-1607960708.jpg

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पदबाट राजिनामा दिएकी छन् । गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी उपाध्यक्ष बिष्टले सोमबार राजीनामा दिएकी हुन् । उनले अध्यक्ष एकराज उप्रेतीलाई राजिनामा बुझाएकी हुन् ।

बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा अध्यक्ष र उपाध्यक्षबीच रहेको विवादले ठूलो रुप लिँदा उपाध्यक्षले राजीनामा नै दिएको गाउँपालिका स्रोतले बताएको छ ।

सोमबार उपाध्यक्ष विष्टले राजीनामा दिएपछि अध्यक्ष उप्रेतीले राजीनामाबारे छलफल गरेको स्रोतले बताएको छ । अध्यक्ष उप्रेतीले भने आधिकारिक रुपमा राजीनामा नआएको बताए । ‘आधिकारिक रुपमा आएको छैन, हल्ला चलेको मात्र हो’ उनले भने, ‘मैले अहिलेसम्म आधिकारिक रुपमा बोल्ने अवस्था छैन, हल्ला सुनेको छु ।’

राजिनामा पेश गरेपछि उपाध्यक्ष विष्ट सम्पर्कमा रहेकी छैनन् । उनले नियमित चलाउँदै आएको मोवाइल स्वीच अफ छ ।

-अनलाइनखबरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०