nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरीमा ३५ जना नेकपामा प्रवेश

मनहरी गाउँपालिकामा क्रियाशील विभिन्न राजनीतिक दल परित्याग गरी ३५ जना नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् । 

मनहरी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा ३५ जना नेपाली काँग्रेस तथा बिप्लव नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश सांसद मुनु सिग्देल, ओमबहादुर ग्लान तथा प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला नेताहरु बद्रीप्रसाद लम्साल र रामहरि सुवेदी लगायतले नबप्रवेशीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका थिए । 

नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसमा बिगत १२ बर्षदेखि क्रियाशील सदस्यको रुपमा रहेका मनहरी १ का अबिनाश बुलुन, खड्गबहादुर बुलुन, बिना गोले, शिवहरि पराजुली, मानबहादुर लोप्चन लगायत रहेका छन् । त्यसैगरी विप्लव नेतृत्व तथा अन्य विभिन्न पार्टी परित्याग गरी नेकपामा समाहित हुनेहरुमा इमानसिंह थिङ,लोकेन्द्र मुक्तान, निशा ब्लोन, चतुरसिंह  स्याङ्तान, कुमार लामा, पवन प्रजा तथा हरि रिजाल लगायतका रहेका छन् । वडा नं ३ बाट नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नेहरुमा सर्केस स्याङ्बो, छिरिङ, मुक्तान, बसन्त मुक्तान, सुजन डिम्डुङ, कुमार डिम्डुङ, हिमाल स्याङ्बो, सुनिल स्याङ्बो लगायत रहेका छन् । 

नवप्रवेशीको तर्फबाट बोल्दै अबिनाशले नेपाली काँग्रेसले चुनावका बेला मात्रै गुलियो मिठो आश्वासन दिने गरेको र जनताको काम नगर्ने भएकाले नेकपाप्रति विश्वास जागेको बताए । त्यसैगरी इमानसिंले कम्युनिष्ट एक हुनुको बिकल्प नरहेको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाले नेकपा नै अब जनताको आशा र भरोसाको केन्द्र रहेको बताए । उनल्े तीन तहको सरकार सञ्चालन गरिरहेको नेकपाले अबको पाँच बर्षमा जनताको समस्या समाधानमा कुनै कसूर बाँकी नराख्ने दाबी गरे । अहिले पार्टी एकताको चरणमा रहेको भन्दै उनले निराश नभई अगाडि बढ्न  कार्यकर्ताहरुलाई निर्देशन दिए । 

कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देलले समावेशी चरित्रको निर्माण र विकासका लागि नेकपाले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै केन्द्र, प्रदेश र स्थानीय सरकारले जनतालाई सुख दिने गरी काम गर्नुको बिकल्प नरहेको बताए । अर्का सांसद ओमबहादुर ग्लानले जनताको साथमा आफूहरु रहेको भन्दै काँग्रेसको बिकाउ राजनीतिको विश्वास गर्न नहुने बताए । त्यसैगरी मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले विकासको काम जादूको छडी झैँ नहुने भन्दै मनहरीबासीले दिएको मतको कदर गर्दै पछुतो नहुने गरी काम गर्ने सुनाए । कार्यक्रममा नेकपाका जिल्ला नेताहरु बद्रीप्रसाद लम्साल, राजाराम स्याङतान, रामहरि सुवेदी, ३ नं वडाध्यक्ष मानबहादुर स्याङ्तान लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

नेकपा जिल्ला नेता तथा २ नं वडाध्यक्ष आनन्द घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा युवा नेता बिशाल थिङले बर्तमान अबस्थामा वडाको राजनीतिक वातावरणका बारेमा प्रष्ट्याएका थिए भने किरण सुवेदीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)