Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यू

मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। २  माघ दिउँसो हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना ३ ख ७९८१ नम्बरको डिब्बा ट्रकले ना ५६ प ६६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी भारत आदापुर घर भएका २२ वर्षीय अतिउला आलम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनापछि ट्रक र चालक खड्गबहादुर थापालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।