Thursday, 10th September, 2026
वि.स.

मधुमेह दिवसको अवसरमा हेटाैंडामा ¥याली

विश्व मधुमेह दिवस मकवानपुर लगायत देशै भर विभिन्न कार्यक्रम गरि मनाईएको छ । मकवानुरमा रहेको अल लायन्स ३२५ बि २ हेटौडा मकवानपुरको आयोजनामा तथा चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा सचेतना र्याली तथा निशुल्क मधुमेह परिक्षण समेत गरेको छ ।  

कार्यक्रम विहान उद्योग वाणिज्य संघबाट शुरु भएको र्यालीले बुद्धचोक ,सिमाचोक हुँदै हुप्राचौरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा ३ सय जनाको सहभागिता रहेको लायन्स क्लव अफ हेटौडा भुटनदेविका साइड फस्ट कोर्अडिनेटर अंकिता सुमार्गीले जानकारी दिइन् ।

नागरिकलाई मधुमेहबारे सचेत गराउने उद्देश्यले गरिएको शिविरमा १ सय ८४ जनाको निःशुल्क रक्त परीक्षण गरिनुका साथै डाइटिसियनले परामर्श प्रदान गरेकोको चुरेहि अस्पतालका ढाक्टर सुन्दर कुमार क्षेष्टले जानकारी दिए । कार्यक्रममा सिनियर डिस्ट्रिक एवभाइजर राम क्षेष्टले मधुमेह निकै संवेदनशील रोग भएको भन्दै यस रोगबाट बच्नको लागि आफै समेत हुनुपर्ने बताए ।

डिस्ट्रिक सेन्टिनियल डाइबिटिच चिफ करुणा महतको संयोजकत्वमा भएको कार्यक्रममा डिस्ट्रिक एडभाइजर शम्भु नकर्मी, यरिया को चिफ एडभाइजर विष्णु गोपाल मर्हजन, जोन चियसर्पसन रमा क्षेष्ठ, लायन्स राजु नेपाल, लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अशोक लामा लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा चेतनामूलक प्लेकार्डसहित निस्केको र्यालीमा जिल्ला ट्राफिक कार्यालय मकवानपुर,रोटरी क्लव, ऊँ साईराम ,व्रामकुमारीराज योग सेवा केन्द्र,पतञ्जलीयोग पिठ, महिला स्वयंमसेविका, साइकल राईडर्स, हृदयरोग निवारण संस्था , सोलिडेरिटि स्कुल, आधुनिक स्कुल, उज्वल स्कुल, सिदार्थ स्कुल र चुरेहिल अस्पतालको समेत सहयोग रहेको डिस्ट्रिक एडभाइजर शम्भु नकर्मीले बताए ।

यस्तै चुरेहिल अस्पतालले मधुमेह दिवसरको अवसरमा मंसिर १ गते सम्म मधुमेह भएका विरामीको लागि ओपिडी सेवा निशुल्क गरिहरेको अस्पतालले जनाएको छ ।

-रूपक कालिराज



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०