nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर २ मा समानुपातिकतर्फ गठबन्धनकाे मत भारी, तर खतिवडाले हारे कसरी?

Birodh-Khatiwada166790424-1669390604.jpg

मकवानपुरकाे प्रतिनिधिसभा क्षेत्र नम्बर २ काे दुबै प्रदेश क्षेत्रमा गठबन्धनका साझा उमेदवारहरुले प्रत्यक्षतर्फ चुनाव जिते । दुबै प्रदेशमा विजयी गठबन्धनले दुबै प्रदेश सहभागी प्रतिनिधि सभा सदस्यमा भने ४ हजार बढी मतान्तरले हार बेहाेर्नुपर्याे । याे हारमा गठबन्धनका घटकहरुले आराेप र बचाउमा आ-आफ्नै तर्क गरिरहेका छन् ।

घण्टीका कारण प्रतिनिधि सभा सदस्यमा हार बेहाेर्नु परेकाे भन्ने तर्क गरिरहेकै बेला याे क्षेत्रमा समानुपातिकतर्फ खसेकाे मत हेर्दा गठबन्धनका उमेदवार बिराेध खतिवडाले पराजय भाेग्नुपर्ने कारण बाह्यरुपमा देखिँदैन  ।

सर्सर्ती हेर्दा याे क्षेत्रमा  गठबन्धनका घटकहरु काँग्रेस, माओवादी, एस, राजमाेसहितका दलहरुकाे समानुपातिक तर्फ खसेकाे मत जाेड्दा करिब ३८ हजार हुन आउँछ । याे क्षेत्रमा नेपाली कांग्रेसकाे २१ हजार ५११,
माओवादी केन्द्रकाे  १२ हजार ९९५ मत, नेकपा एकिकृत समाजवादी‌काे  २ हजार ५८० मत खसेकाे छ । राजमाे र जसपाकाे मत हिसाबै नगर्दा पनि याे मतले एमालेलाई जित्न सक्थ्यो । किनकि पार्टीलाई दिएकाे मत हेर्दा याे क्षेत्रमा  एमालेले समानुपातिकतर्फ २८१९६ मत मात्र प्राप्त गरेकाे छ ।

प्रत्यक्षतर्फकाे मत हेर्दा मकवानपुर क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला ३४ हजार ९१६ मत ल्याएर विजयी  भएका छन् । समानुपातिकतर्फ गठबन्धनको ३७ हजार बढी मत हुँदा पनि प्रत्यक्षतर्फ जित्न नसकेकाेमा अब गठबन्धनका घटकहरुमा समीक्षा गर्नुपर्ने देखिन्छ ।

कतिपयले रास्वप घण्टीकाे मतकाे कारण मकवानपुर २ मा गठबन्धनले हार बेहाेर्नु परेकाे विश्लेषण गरिरहेका छन् । तर याे हचुवा हाे । किनकि घण्टीकाे गणना नै नगर्दा पनि गठबन्धनको का्ेर मत बढि थियाे । सिधै भन्दा गठबन्धनमा इमान्दारिता अभावले कलमका उमेदवार विराेध खतिवडा पछि परेकाे देखिन्छ ।

याे हारमा गठबन्धनको तर्फबाट नेकपा एसले चित्त दुखाउनु र बखेडा झिक्नुकाे पनि अर्थ देखिँदैन । किनकि समानुपातिकतर्फ मकवानपुर २ भरिबाट नेकपा एसले जम्मा २५८० मत पाएकाे छ । यति थाेरै मत हुनेलाई २१५११ मत हुने काँग्रेस र १२९९५ मत हुने माओवादीले प्रतिनिधिसभा सदस्यमा उमेदवार बनाउनु नै ठूलाे कुरा हाे  । नेकपा एसले यसमै चित्त बुझाउनुपर्ने देखिन्छ ।

मत  कम आएकाे र जनाधार नभएकाे भन्दै पार्टी प्रति गुनासाे नगरी नेकपा एसका थाहा नगर कमिटी सचिव हरिबहादुर स्याङ्तानले पार्टी छाेडेकाे घाेषणा गरिसकेका छन् ।

अबका दिनमा यही गठबन्धन टिकिरहे यहाँकाे दलगत राजनीती कसरी अघि बढ्ला, हेर्न बाँकी नै छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)