Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर-१ मा काँग्रेस-राप्रपा गठबन्धन तोडियो

नेपाली कांग्रेस मकवानपुरले राप्रपाका अध्यक्ष कमल थापालाई भोट नहाल्ने घोषँणा गरेका छ । आफुहरुसँग तालमेल गरेर मकवानपुर क्षेत्र नंबर १ मा  निर्वाचन लडने तयारी गरिरहेका थापालाई भोट नहाल्ने भएको हो । 

हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णुप्रसाद लामिछानेले राप्रपासँगको गठबन्धनले आफुहरुलाई घाटा हुने र यो गठबन्धन कांग्रेसको लागि हानिकारक भएको बताए । 

वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपासँगको गठबन्धनको कारण कांग्रेस मकवानपुर २०७० सालसम्म तेश्रो हुनुपरेको पिडा भुल्न नसकिएको भन्दै उनले प्रतिनिधिसभा क्षेत्र नंबर १ का जिल्ला सभापति इन्द्रबहादुर बानीयाँलाई टिकट दिन केन्द्रीय कमिटिसँग आग्रह समेत गरेका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपिलाल विश्वकर्माले कमल थापाले मकवानपुरमा नेपाली कांग्रेसलाई धक्का पुग्नेगरि उम्मेद्वार दिएको भन्दै उनलाई कुनैपनि हालतमा सहयोग गर्न नसकिने बताए । उनले भने स् यदि कमल थापाले कांग्रेसको मतको आधारमा उम्मेद्वार बन्न खोजेको भए, त्यस्तो भ्रममा नपर्न अनुरोध छ, कांग्रेसले सहयोग गर्दैन ।

कार्यक्रममा तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठक, कांग्रेस मकवानपुरका जिल्ला सदस्य सहित करिब एक दर्जनले मन्तब्य ब्यक्त गर्दै राप्रपासँगको गठबन्धन काग्रेसको लागि हानिकारक हुने बताएका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०