Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर राक्सिराङमा चट्याङ लागेर गर्भवतीसहित दुईको घाइते

राक्सिराङ गाउँपालिका वडा नं ८ मा पर्ने माइसिराङ गाउँमा केहीबेर अघि परेको चट्याङ लागी गर्भवती महिलासहित पाँच जना घाइते भएको खबर छ ।

 

 

चट्याङ लागेर गर्भवती श्रीमाया प्रजा र दिलकुमारी प्रजा गम्भीर घाइते भएका हुन् । दिलकुमारीको मुखबाट रक्तश्राव भइरहेको छ भने श्रीमाया पनि होसमा आएकी छैनन् ।

स्थानीय समाजसेवी देवकुमार प्रजाले दिएको जानकारी अनुसार साँझ ६ः३० बजे परेको चट्याङ लागी अन्जना प्रजा, विन्दुमाया प्रजा र शितल प्रजा घाइते भएका छन् । उनीहरु सबैलाई मनहरीस्थित स्वास्थ्य संस्थाहरुमा ल्याउने तयारी भइरहेको देवकुमारले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)