nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर पर्यटन उद्योगबाटै सम्वृद्ध– राज्यमन्त्री बानियाँ

संस्कृती तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको समृद्धि तीन वर्षमा गर्न सकिने बताएका छन् । मकवानपुर देशकै उत्कृष्ट स्थानमा रहेको बताउँदै बानियाँले  मकवानपुरको पर्यटनको विकासको लागि आफू लागि पर्ने उल्लेख गरे । पर्यटनको माध्यमबाट मुलुकको विकास गर्न सकिने बताउदै मकवानपुर पनि पर्यटनको निकै संभावना भएको जिल्ला भएकोले पर्यटनको क्षेत्रमा नयाँ काम सुरु गरिने बताए ।

मकवानपुर उद्योग बाणिज्य संघले हेटौंडामा १८ मंसीरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री बानियाँले यस्तो बताएका हुन् । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरले पर्यटन मन्त्री पाउनु पर्यटन उद्योगको लागि निकै राम्रो भएको बताए  । कार्यक्रममा संघका पुर्ब अध्यक्ष उतम शर्मा ढकाल, होटल एसोसिएसनका अध्यक्ष भागिरथ शर्मा, संघकि पुर्ब केन्द्रीय सदस्य शर्मिला डङगोललगाएतले मन्तब्य व्यक्त गरेका थिए ।