Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुर दुई नम्बरबाट विडारी चुनाव लड्ने

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, सांसद तथा संविधानविद् रामनारायण बिडारीले प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीलाई माओवादी केन्द्रले दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी अघि बढाएको हो । 

माओवादीको संसदीय दलका सचिव समेत रहेका बिँडारी गणतन्त्र नेपालको संविधान मस्यौदाका पाँच जनामध्येका एक सदस्य हुन् । पार्टी र संविधान लेखनसँगै देशका महत्वपूर्ण घटनाक्रममा पार्टी र देशको पक्षमा काम गरेको भन्दै माओवादी हेटक्वार्टरले मकवानपुर दुई नम्बर निर्वाचन क्षेत्रबाट बिडारीलाई चुनावी मैदानमा उतार्न लागेको केन्द्रीय कार्यालय स्रोतले बताएको छ । 

सांसद बिडारीले पार्टीले आवश्यकता ठाने आफु मकवानपुरबाट निर्वाचन लड्ने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का विश्वासपात्र बिडारीलाई उम्मेदवार बनाउन मकवानपुरका माओवादी नेताहरुले पनि लविङ सुरु गरेका छन् । 

२०३८ सालदेखि जनमूखी राजनीति सुरु गरेका बिडारी २०४८ मा मकवानपुरको ३ नम्बर र २०५१ सालमा मकवानपुर २ र महोत्तरी २ बाट निर्वाचन लड्का थिए । रुपचन्द्र बिष्टका सहयात्री उनी २०४८ देखि संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य भएका थिए । जनमोर्चाबाट एकता केन्द्र, एकता केन्द्र मशाल हुँदै नेकपा माओवादीका एक ब्यक्ति कमिटिका सदस्य रहेका उनी २०७० सालमा माओवादीबाट समानुपाति सभासद भएका थिए ।

उनी हाल संसदको महाअभियोग सिफारिस समिति, बिधान समितिमा सदस्यसँगै कानूनका बिज्ञको हैँसियतले बिभिन्न समितिका आमन्त्रित सदस्य छन् । ३५ वर्ष वकालत समेत गरेका ५९ वर्षीय बिडारी मकवानपुरको उत्तरी टिष्टुङमा जन्मिएका थिए । उनले कानून विषयमा स्नातक सम्म अध्ययन गरेका छन् । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg