nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर थाहानगर र हेटौंडामा ट्रकमा आगजनी

मकवानपुरको थाहा नगरपालिकामा विप्लव नेतृत्वको नेकपा माओबादीको बन्दको दिन विहान १३ जेठ बिहान ४ बजेतिर पनि एउटा गाडीमा आगजनी गरिएको छ । 

बन्दलाई लक्षित गरेर थाहा नगरपालिका वडानम्बर १ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । यसअघिका विप्लपको बन्दमा पनि निरन्तरजसो थाहा नगरपालिका र आसपासका क्षेत्रको गाडी जलाउँदै आएको थियो ।

त्रिभुवन राजपथ अन्तरगत काठमाण्डौ–हेटौंडा ओहोर दोहोर गर्ने सडक अन्तरगत थाहा नगरपालिकाको जंगलक्षेत्रमा गाडी जलाइने गरिएको हो । निरन्तर बन्दको समयमा गाडी जलाएपछी यसपटक भने जिल्ला प्रहरी कार्यालय मकवानपुरले यसक्षेत्रलाई बढी संबेदनशिल क्षेत्रको रुपमा निगरानी गरिएको थियो । प्रहरी पनि तयारी हालतमा राखेको थियो । 

यसैबीच त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।

यसैगरी बन्दको पूर्ब सन्ध्यामा १३ जेठ बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको उनले बताए ।