Wednesday, 26th August, 2026
वि.स.

मकवानपुर थाहानगरको दामनमा लगानी सम्मेलन हुने

मकवानपुरको थाहा नगरपालिकाको दामनमा प्रदेश–३ स्तरीय लगानी सम्मेलन हुने भएको छ । 

आउँदो वैशाख ६ र ७ गते दामनमा सम्मेलन हुने थाहा नगरपालिकाको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । प्रदेश–३ सरकारले ‘दामन घुमफिर वर्ष’ घोषणा गरेकै वर्ष लगानी सम्मेलन गर्न लागिएको हो । सम्मेलनका लागि आवश्यक व्यवस्थापन थाहा नगरपालिकाले गर्ने प्रमुख विष्टले जानकारी दिए । सम्मेलनमा प्रदेश–३ सरकार, विभिन्न लगानीकर्ता, प्रवद्र्धकहरु गरी एकसय पचासको सहभागिता रहने जनाइएको छ ।

यसैबीच लगानी सम्मेलनको अवसरमा दामनमा दुईदिने ‘दामन घुमफिर वर्ष’ विशेष कार्यक्रम संचालन हुने भएको छ । पर्यटकहरुलाई आकर्षण र पर्यटकीय क्षेत्र, उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने कार्यक्रम संचालन गर्न लागिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । कार्यक्रम अन्तर्गत खाना महोत्सव, स्थानीय कला संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम लगायतको कार्यक्रमहरु स.चालन गरिने नगरपालिकाले जनाएको छ । यसका लागि १४ चैत्रमा दामनमा प्रारम्भिक बैठक सम्पन्न भएको छ । बैठकले खाना महोत्सवको व्यवस्थापन र कसरी संचालन गर्ने भन्ने विषयमा थाहा नगर उद्योग वाणिज्य संघले योजना बनाउने निर्णय भएको छ । 

बैठकमा दामन र सिमभन्ज्याङ बजार व्यवस्थापन समितिले स्वागतद्वार, अतिथि सत्कार तथा स्वागत, पार्किङ व्यवस्थापनलगायको कार्य गर्ने निण्र्णय भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकमा दामन सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका पदाअधिकारीहरु, थाहा नगर उद्योग वाणिज्य संघका पदाअधिकारीहरु, होटल तथा पर्यटन व्यवशायीहरु लगायतकाको उपस्थिती रहेको थियो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif