Wednesday, 18th May, 2022
वि.स.
ict-nepal-1625344508.gif

मकवानपुर काँग्रेसकाे निर्वाचन : यस्ताे छ जयराम लामिछानेको प्यानल

IMG_20220225_200355-1645798782.jpg

नेपाली कांग्रेस मकवानपुर सभापतिमा उम्मेदवारी घोषणा गर्दै जयराम लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् । उनले १३ फागुन साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई/दुईजना हुने व्यवस्था रहेको छ ।

उनले सदस्य छनौट भूगोल र क्लस्टर अनुसार हुने भएकाले सोही अनुसार उम्मेदवारी चयन गर्न जिम्मेवारी प्रदान गरिएको बताए ।

प्यानल घोषणा गर्दै लामिछानेले विधि र विधानमा चल्नु पर्ने मान्यता राख्दछु भन्दै विजयी भएमा विजयी नहुने साथीहरूलाई सङ्गै लाने यदि पराजित भएको खण्डमा विजयी साथीहरू सङ्ग मिलेर पार्टीको काम कारवाहि गरिने प्रतिवद्दता व्यक्त गरेका थिए ।

स्थानीय तहका सबै वडाहरुमा जिताउने क्षमता रहेकाले आफ्नो उम्मेदवारी रहेको र मकवानपुर काङ्ग्रेसले अब जयराम लामिछानेको नेतृत्व आवश्यक रहेकाले मकवानपुर बासिले मेरो नेतृत्व खोजिरहेको बताए ।

गुटको राजनीति अन्त्य गर्नुछ र विचारको राजनीति आवश्यक रहेको उनी बताउँछन् । सबै उम्मेदवार आदरणिय व्यक्तित्व रहेकाले आफु सबै सङ्ग मिलेर काम गर्ने बताएका छन् ।

लामिछाने समुहले जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकीलगायत उम्मेदवार बनाउने तय गरेको छ ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

corona_ad-1626692113.gif






FB_IMG_1642942313261-1642942439.jpg
bemaushami-1643293386.jpg
condom-1646546287.jpg