Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर एमालेमय बनाउन २ हजार १ सय ११ सदस्यीय निर्बाचन परीचालन कमिटि गठन

नेकपा एमाले मकवानपुरको सचिबालय बैठकले बिभिन्न निर्णयहरु गरेको छ । एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा १७ चैत्रमा बसेको बैठकले अध्यक्ष सिग्देलको संयोजकत्वमा २ हजार १ सय ११ सदस्यीय जिल्ला निर्बाचन परीचालन कमिटि गठन गरेको छ । 

त्यसैगरी जिल्ला सचिब एबम् प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठको संयोजकत्वमा निर्बाचन प्रचार प्रसार र निर्बाचन कार्यालय ब्यबस्थापन गरी २ वटा उपकमिटि निर्माण गरेको छ। प्रचार बिभाग र प्रेस चौतारीका सदस्यहरु प्रचार प्रसार कमिटिको सदस्य रहने पार्टिले जनाएको छ । त्यसैगरी मोर्चा बिभाग प्रमुख श्रीधर पोख्रेलको संयोजकत्वमा आर्थिक, उपसचिब मिना लामाको संयोजकत्वमा स्वयम् सेवक तथा सुरक्षा उपकमिटि निर्माण गरीएको छ । 

त्यसैगरी मकवानपुरका गाउँगाउँमा बैठक, भेला, आमसभा, प्रचार प्रसारका कार्यहरुलाई तिब्रता दिइने पार्टिका सचिब एकालाल श्रेष्ठले जानकारी दिए । त्यसैगरी पार्टिको जिल्ला घोषणा पत्र, गाउँपालिका तथा वडा वडामा पार्टि कार्यालय स्थापना गर्ने निर्णय भएको श्रेष्ठले बताए । मकवानपुर एमालेमय बनाउन कार्यकर्ताहरुलाई चुनाबको तयारीमा लाग्न पािर्टले आब्हान गरेको छ । बैठकमा एमालेका केन्द्रिय सदस्य केदार न्यौपाने, केन्द्रिय सदस्य एबम् मकवानपुर इन्चार्ज बिरोध खतिवडा, संसद अनन्त पौडेल, ३ नम्बर प्रदेश सदस्य रामेश्वर रानालगायत सहभागि थिए । २ दिन अगाडि मात्र एमालेले हेटौंडा उपमहानगरपालिकामा १ हजार ५ सय १ सदस्यीय निर्बाचन परीचालन कमिटि गठन गरेको थियो ।