Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा ३५० बढी एमालेमा प्रवेश

234773654_137151935255096-1629452293.jpg

हेटौंडामा ३ सय ५० बढी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।

१५ नम्बर वडाका सानो सुकौली र ठुलो सुकौलीबाट नेपाली काङ्ग्रेस, जनता समाजबादी, राप्रपा, नेकपा माओबादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन् ।

तत्कालीन नेपाली काङ्ग्रेसका तर्फबाट वडा सदस्यका उम्मेद्बार दिपक तितुङ्सहित , कर्ण सिङ लामा, अरुण तितुङ, अतुल स्याङबो, मेरी माया राई , रीना शाही ठकुरि, ऋषिलाल तितुङ, कोपिला पाख्रिन, सरद मोक्तान, रबी स्याङतान, भरत मोक्तान, रतन लो, युवराज लो,सुनिल स्याङतान, बबिता गोले, तारा स्याङबोलगायत एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रिय सदस्य डोरमणि पौडेलले स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै पौडेलले एमाले सरकार भएको समयमा बिकास निर्माण धेरै भएको बताए । उनले अरु पार्टीको सरकार बनेको र केपी ओली नेतृत्वको सरकार बनेको समयमा भएको विकास निर्माणको तुलना गर्न आग्रह समेत गरे ।

जनादेशको सरकारलाई परमादेशको आदेशले ढालेपनी जनताको मन बाट ढाल्न नसक्ने बताए । सरकारमा हुँदा गरेका लोकप्रिय कामका कारम एमाले प्रति जनताको आकर्षण नघट्ने उनको भनाई थियो । अहिले पार्टीका केही मान्छेहरुले नयाँ पार्टी बनाएको भ्रम छरेपनी सिङ्गो एमाले जनता माझ नै रहेको उनले प्रष्ट पारे ।

पार्टीका वडा कमिटी अध्यक्ष पर्स बहादुर भुजेलको सभाध्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्री जुनेली श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ,एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, अनेमसङ्घ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले जिल्ला सदस्य सुनिल मोक्तान, युवा संघ जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतीलागायतको सहभागीता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०