nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा १२ हजार लाभग्राहीको सूचीबाट नाम हट्यो

भूकम्पपीडितको लाभग्राही सूचीमा नाम रहेर पनि सम्पर्कमा नआएका मकवानपुरका १२ हजार घरधुरीले अनुदान नपाउने भएका छन् । नेपाल पुनर्निर्माण प्राधिकरणले चार वर्ष बितिसक्दा पनि सम्पर्कमा नआएका लाभग्राहीलाई अनुदान पाउने सूचीबाट हटाएको हो । जिल्लाका १२ हजार १ सय ९१ घरधुरीको नाम खारेज गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालयका प्रमुख विमलकिशोर केपीले बताए । खारेज भएकामध्ये उचित कारण देखाएर सम्पर्कमा आएमा त्यस्ता लाभग्राहीका बारेका प्राधिकरण पुनर्विचार गर्ने छ,’ उनले भने ।

प्राधिकरणले लाभग्राहीलाई असार २१ सम्म सम्झौता गर्न समयसीमा तोकेको थियो । त्यस अवधिमा अनुदान सम्झौता नगर्ने पुनर्निर्माणतर्फ ६ हजार ४ सय ८२ र प्रबलीकरणतर्फ ५ हजार ७ सय ९ घरधुरी थिए । २०७६ असार मसान्तसम्म मकवानपुरमा निजी आवास पुनर्निर्माणतर्फ ३४ हजार ३ सय १६ र प्रबलीकरणतर्फ १२ हजार ९ सय ४६ घरधुरी अनुदान पाउनेको सूचीमा थिए ।

जसमध्ये पुनर्निर्माणतर्फ २७ हजार ८ सय ३४ र प्रबलीकरणतर्फ ७ हजार २ सय ३७ ले अनुदान सम्झौता गरेका छन् । जसमध्ये पुनर्निर्माणतर्फ २७ हजार ५ सय ९० र प्रबलीकरणतर्फ ७ हजार २ सय ३७ जनाले पहिलो किस्ता लगेका छन् । जिल्लामा अझै पनि २ सय ४४ जनाले अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलगेको तथा ५ सय ७६ जनाले पहिलो किस्ता बैंकमा जम्मा भएर पनि २०७६ असार मसान्तसम्म लिन नआएको कार्यान्वयन एकाई कार्यालयका प्रमुख किशोर केपीले जानकारी दिए ।पहिचान भएकामध्ये १२ हजार १ सय ९१ ले सम्झौता नै नगरेका उनले भने । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता भुक्तानी लिनेको संख्या भने जिल्लामा १६ हजार ७ सय ८ घरधुरी रहेको छ । जिल्लामा पुनर्निर्माण र प्रबलीकरणतर्फ पहिलो किस्ता लिनेको संख्या ७४ प्रतिशत रहेको छ ।

स्रोतः कान्तिपुर दैनिक