Monday, 15th June, 2026
वि.स.

मकवानपुरमा १० स्थानीय तहका लागि ५ सय ३९ जनाको दरखास्त पर्याे

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत यहि १७ भाद्रमा दरखास्त माग भएकोमा मकवानपुरमा पाँचसय ३९ जनाको निवेदन परेको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले मकवानपुरका १० स्थानीय तहमा गरी २८ जना एमआईएस अपरेटर र १० जना फिल्ड सहायकको लागि करारमा दरखास्त खुलाएको थियो । जिल्लामा कुल ३८ जना चाहिनेमा उन्नाइसगुणा बढि निवेदन परेको विभागले जनाएको छ ।  सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकामा निवेदन परेको छ । हेटौंडामा दुईजना एमआइएस अपरेटरको लागि ९५ जना र १ जना फिल्ड सहायको लागि १ सय २८ जनाको निवेदन परेको छ । 

त्यस्तै थाहा नगरपालिकामा दुईजना एमआइएस अपरेटरको लागि २७ र एकजना फिल्ड सहायकको लागि ३५ जनाको निवेदन परेको विभागले जनाएको छ । 

हेर्नुहोस् कुन स्थानीय तहमा कति जनाको दरखास्तः

देशभरको विवरण यहाँ हेर्नुहोस्



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०