Friday, 19th June, 2026
वि.स.

मकवानपुरमा सवारी पासमा कडाइ, खाद्यान्न पसल दिउँसो मात्र खुल्ने

DCC-MK-1585718776.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउन अवधिमा उपलब्ध गराइँदै आएको सवारी पास वितरणमा कडाइ गरेको छ । दुरुपयोग भएको गुनासोपछि जिल्ला प्रशासनमा बसेको कमान्ड पोस्टको बैठकले स्वास्थ्यलगायत अत्यावश्यक सेवा र प्रेसका सवारीलाई मात्र पास दिने निर्णय लिएको हो ।

‘हामीले व्यावहारिक आधारमा वितरण गर्दै आइरहेका पास अब रोकियो। औषधि, उपचारका लागि आवश्यक पर्दा मात्र पास उपलब्ध गराउनेछौं, त्यो पनि डाक्टरको रिपोर्टको आधारमा’, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने।

बैठकले हेटौंडामा साँझ–बिहान खुल्दै आएका खाद्यान्न तथा तरकारीका पसल दिउँसो मात्रै खोल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। खाद्यान्न र तरकारी पसल बिहान १० देखि दिउँसो ३ बजेसम्म मात्र खुल्नेछन्। त्यस्तै दूध विक्रीवितरण बिहान ९ बजेसम्म मात्र गर्न बैठकको निर्णय छ।

अन्य समयमा पसल खोले कारबाही हुने भन्दै प्रशासनले दिउँसो किनमेल गर्न जाँदा समेत भिडभाड नगर्न आग्रह गरेको छ। औषधि पसललाई भने समयसीमा तोकिएको छैन।

-इकान्तिपुरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०