nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा मतगणना सुरु

gadnana-1512721104.jpg

हिजो सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना मकवानपुरमा सुरु भएको छ । साढे १२ बजेबाट सुरु हुने भनिएको मतगणना एक घण्टा ढिलो गरि भर्खर मात्र सुरु भएको हो ।
मकवानपुर बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको हो । मतगणना सुरु भएपछि अहिले मकवानपुर बहुमुखि क्याम्पस वरपर कार्यकर्ताहरुको भीड लागेको छ । मतगणनालाई ब्यवस्थित तथा शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नको लागि ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अहिले मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ र २ तथा प्रदेशसभाका चारवटै क्षेत्रको मतगणना सुरु भएको हो । पहिलो प्रारम्भिक नतिजा एक घण्टामा आउने बताइएको छ ।
गएराती २ बजेसम्ममा सबै मतपेटी मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा ल्याइसकिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । मकवानपुरमा दुई वटा प्रतिनिधिसभा तथा ४ वटा प्रदेशसभाको लागि ६८ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
मतगणनालाई चाँडोभन्दा चाँडो सक्नेगरि तयारी भैरहेको कार्यालयले जनाएको छ । एकैपटक प्रतिनिधि तथा प्रदेशसभाको मतगणना हुने बताइएको छ । मकवानपुरमा हिजो भएको मतदान शान्तिपूर्ण भएको र मतगणना पनि निकै शान्ति र मर्यादित बनाउनको लागि कार्यालयले सबैमा आग्रह समेत गरेको छ ।