Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुरको स्थानीय तहले पाउने विशेष अनुदान अड्कियो

प्रदेश ३ को सरकारले राक्सिराङ गाउँपालिकाको निम्ति विनियोजित गरेको विशेष अनुदानको रकम खर्च गर्न समस्या भएको छ । 

लोपोन्मुख चेपाङ समुदायको बाहुल्य रहेको र अत्यन्त गरिबीको कारणले प्रदेश–३ को सरकारले उक्त गाउँपालिकालाई विशेष अनुदान स्वरूप ५ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले उक्त विशेष अनुदान रकम जुनसुकै क्षेत्रमा पनि खर्च गर्न सक्ने भनेर गाउँपालिकालाई कार्यविधि उपलब्ध गराएको थियो । उक्त कार्यविधिका आधारमा गाउँपालिकाले उक्त अनुदानको रकम सडक निर्माण गर्न रकम विनियोजित गरेको थियो ।

मोटरबाटो गाउँगाउँमा नपुगेसम्म स्थानीयवासीको जीवनमा परिवर्तन नआउने भएकाले विशेष अनुदानको रकम सडक निर्माणमा खर्च गर्ने भनेर रकम विनियोजित गरिएको हो । तर भौतिक पूर्वाधार विकास मन्त्रालयले विशेष अनुदान रकम भौतिक पूर्वाधारमा खर्च गर्न नमिल्ने भनेर अर्को कार्यविधि पठाएकाले उक्त रकम खर्च गर्न समस्या परेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । वडारवडबाट गाउँपालिकाको केन्द्र आइपुग्न २ घण्टादेखि ८ घण्टा पैदल हिँड्नुपर्ने उक्त गापाका बासिन्दाको बाध्यता छ । उक्त समस्या समाधान गर्न गाउँपालिकाको सभाले विशेष अनुदानको रकम मोटरबाटो निर्माण गर्ने निर्णय गरेबमोजिम योजनाहरू तर्जुमा गरिएको थियो ।

‘भौतिक पूर्वाधार विकास मन्त्रालयले करिब एक महिनाअघि भौतिक पूर्वाधारमा उक्त रकम खर्च नगर्न परिपत्र पठाएपछि अन्योलमा परेका छौं,’ गापा अध्यक्ष मल्लले भने, ‘उक्त रकमको योजनासहित बजेट विनियोजन गरिसकेकाले पूर्वाधारमा खर्च गर्न अनुमति दिन मन्त्रालयसँग अनुरोध गरेका छांै ।’ मकवानपुरको अत्यन्त दुर्गम राक्सिराङ गाउँपालिकामध्ये पर्छ । करिब ५ हजार ५ सय घरधुरी रहेको यस गापा करिब ३ हजार घरधुरी चेपाङ समुदायको मात्र छ ।

चैनपुरमा केन्द्र रहेको यस गाउँपालिकाका बासिन्दा केन्द्रमा आउन घण्टौं हिँड्नुपर्छ । २५ प्रतिशतभन्दा कम साक्षरता रहेको यस गापाका अधिकांश बासिन्दा खाद्य असुरक्षाको पिरलोमा छन् । करिब १० प्रतिशतलाई पनिआफ्नो उत्पादनले वर्ष दिन खान पुग्दैन । अधिकांश चेपाङ समुदाय नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्ने गरेका छन् ।

मोटरबाटोको अभावले गर्दा गाउँमा उत्पादित कृषिजन्य वस्तु र तरकारीहरू ढुवानीको कारण बजारमा ल्याएर बिक्री गर्ने अवस्था छैन । उत्पादित तरकारी र कृषिजन्य वस्तु बजार ल्याउन समस्या भएपछि तस्करहरूको प्रभावमा परेर गाँजा र अफिम खेती गर्न उनीहरू बाध्य छन् । उत्पादित गाँजा र अफिम खरिद गर्न व्यापारीहरू दुर्गम गाउँमा नै पुग्ने गर्छन् । तरकारी र कृषिजन्य वस्तु बजारमा ल्याउन नसकेर कुहिन्छ ।

‘गाउँरगाउँमा मोटरबाटो नपुर्‍याएसम्म अवैध खेती पनि विस्थापित गर्न सकिन्न र दुर्गम गाउँका बासिन्दाको जीवनमा परिवर्तन ल्याउन पनि सम्भव छैन,’ गापा–६ का वडाध्यक्ष सिंहबहादुर चेपाङले भने, ‘६ नम्बर वडाका बासिन्दा गाउँपालिकाको केन्द्र चैनपुरमा आउन ६ घण्टा हिँड्नुपर्छ । ९ नम्वर वडाका बासिन्दा गाउँपालिकाको केन्द्रमा आउन ८ घण्टा पैदल हिँड्नुपर्छ ।ु

२ सय २७ वर्गकिलोमिटरमा फैलिएको उक्त गाउँपालिकामा २६ हजार १ सय ९२ जनसंख्या रहेको छ । साविकको राक्सिराङ, सरिखेत, काँकडा र खैराङ गाविस गाभेर राक्सिराङ गापा बनाइएको हो । उक्त गापा ९ वडामा विभाजित छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg