nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको सबै क्षेत्रमा विजय सुनिश्चित : खतिवडा

BAM-Bajrabarahi-Bhela-1510648305.jpg

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दावी गरेका छन् । उनले भने, ‘लेखेर राख्नुहोस्, मकवानपुरको सबै क्षेत्रमा बाम गठबन्धनको जित हुनेछ ।’

मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं. ६ बज्रवाराहीमा वडास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधानमै मुलुक समाजवाद उन्मुख भनेर किटान गरिएकोले बाम गठबन्धनलले दुई तिहाइ बहमत ल्याएर समाजवादको कार्यान्वयन गर्न अब कसैले छेक्न नसक्ने उनको भनाइ छ । 

चुनाव जित्नका लागि मात्र एमाले माओवादीको गठबन्धन भएको नभई पार्टी एकता गरेर मुलुकलाई समृद्ध बनाउने प्रक्रिया शुरु गरिएको खतिवडाले स्पष्ट पारे । उनले मुलुक राजनीतिक रुपले दुई धु्रवमा विभाजन भएको र बाम वठबन्धनबाट आत्तिएर काँग्रेसले पञ्चायतको अवशेषको रुपमा रहेको राप्रपासँग घाँटी जोड्न पुगेको बताए । ‘राप्रपाले घोषणापत्रमा राजतन्त्र फिर्ता ल्याउने कुरा गरेको छ, गणतन्त्रको कुरा गर्ने काँग्रेस उसैलाई लिएर हिँडेको छ, अब आफै कुरा बुझ्नुस्,’ उनले भने । 

उनले भेलामा उपस्थित कार्यकर्ता तथा सर्वसाधारणहरुलाई मत पत्र र मत हाल्ने तरिकाको बारेमा समेत अभिमुखीकरण गरे । 
जिसस मकवानपुरका सदस्य एवम् एमाले नेता चित्रबहादुर बलामीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य पीबी गोलेले मुलुकको समृद्धिको लागि बाम गठबन्धनको विकल्प नभएको बताए । 

भेलाले दामोदर सुवेदी संयोजक र सशिधर सुवेदी सहसंयोजक रहेको ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । भेलाले स्थानीय तहमा एमाले र माओबादीका उमेदवारहरु रहेको सचिावलयसमेत गठन गरेको छ । 

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य महेश्वर सुवेदी, माओवादी केन्द्रका जिल्ला सदस्य ओम घलान, विष्णु गोपाली, अरुण रायमाझी, विष्णुबहादुर गुरुङ, एमालेका जिल्ला सचिबालय सदस्य विष्णुप्रसाद ढकाल, इश्वरलाल रुम्बा, सशिधर सुवेदी, जिल्ला कमिटी सल्लाहकार राजु नापित, क्षेत्रीय सचिब बिमलकुमार ढकाल लगायत नेताहरु उपस्थित थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)