nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटकीय क्षेत्र दामनमा बाक्लो हिमपात (हेर्नुहोस फोटो फिचर)

मकवानपुरको पर्यटकीय नगरी थाहानगरपालिकाको दामन सिमभन्ज्याङ र नामटारको दन्दुभन्ज्याङ तथा गोलमोड क्षेत्रमा बाक्लो हिमपात भएको छ । दामनमा हिउँ परेको खबर १५ माघ विहानै संचारमाध्यममा आएपछि हिउँ पारखीहरु हिउँ खेल्न दामन सिमभन्ज्याङ पुगेका छन् । 

दामनमा दिनभरी नै आन्तरिक तथा बाह्यि पर्यटकहरुको भिड लागेको थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा होटल व्यवशायी शिवकुमार खत्रीले जानकारी दिए । मकवानपुर थाहानगरको दामन, पालुङ, सिमभन्ज्याङ, शिखरकोटलगायतका क्षेत्रका सबै होटल पर्यटकले भरिभराउ रहेको सुनगाभा होटलका संचालक अनिल विष्टले जानकारी दिए । 

थाहानगरको दामन सिमभन्ज्याङ क्षेत्रमा यसैवर्ष पौष महिनामा पनि हिउँ परेको थियो । 

-हेर्नुहोस फोटो फिचर:



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।