nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका सांसद बानियाँ गृहराज्यमन्त्रीमा नियुक्त

सांसद तथा नेपाली काँग्रेसका नेता इन्द्र बानियाँ नेपाल सरकारको गृहराज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्री रहेका बानियाँ गृह राज्य मन्त्री भएका हुन् । 

भारत भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीलाई भेट्न पुगेका गृहमन्त्री विमलेन्द्र निधीले ३० फागुन बिहान बानियाँलाई गृहराज्यमन्त्री बनाउने कांग्रेसको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । गृहराज्यमन्त्री बानियाँ मकवानपुर क्षेत्र नं. १ का सांसद हुन् ।

यसैवीच गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।