Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका सांसद खतिवडाले घरभाडा रकम फिर्ता गर्ने

मकवानपुर क्षेत्र नंबर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद विरोध खतिवडाले घरभाडाको रकम फिर्ता गर्ने भएका छन् । काठमाण्डौँ उपत्यकामा घर भएका सांसदहरुले समेत घरभाडा रकम लिएको भन्ने समाचार सार्वजनिक भएपछि उनले उक्त रकम सचिवालयको त्रुटिको कारण आफ्नो खातामा आएको भन्दै फिर्ता गर्ने बताएका हुन् ।

सांसद खतिवडाले सचिवालयमा आफुले काठमाण्डौँमा घर भएको जानकारी गराएको भएपनि सचिवालयले सिधै खातामा पैसा हाल्दा घरभाडा समेत एकमुष्ट हालेको र आफुले उक्त विषय याद नगरेको बताए । सांसदहरुको खातामा सिधै सचिवालयबाट पैसा जान्छ, केहि पैसा लेवि कट्टा हुन्छ र केहि कर कट्टा हुन्छ, त्यसकारण मैले के कति पैसा प्राप्त गरे भन्ने विषय याद गरिन उनले भने । उनले आफुले उक्त रकम फिर्ता प्रक्रिया अबको केहिदिनमानै गर्ने समेत बताए ।

केहिदिन पहिले खोज पत्रकारिता केन्द्र (खोपके) ले काठमाण्डौँमा घर, महल हुने सांसदहरुले समेत घरभाडा लिएको भन्ने अनुसन्धनात्मक समाचार प्रकाशन गरेपछि यो विषयले सामजिक सञ्जालमा समेत ब्यापक चर्चा परिचर्चा पाएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)