nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका बानियाँ राज्य मन्त्री बन्ने निश्चित

मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ राज्य मन्त्री बन्ने करिव निश्चित भएको छ । कांग्रेस बानियाँसहित ७ जना राज्यमन्त्री बनाउन लागेको हो । 

सत्तारुढ नेपाली कांग्रेसले पार्टीबाट मन्त्रिपरिषदमा थप ७ जना राज्यमन्त्री पठाउने भएको छ । सभापति शेरबहादुर देउवाले नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कासँग राज्यमन्त्रीमा नियुक्त गर्नेहरुको अन्तिम नामावली सङ्कलन गरिसक्नु भएको बताइएको छ ।

कंग्रेस उच्च स्रोतका अनुसार शुक्रबार ती राज्यमन्त्रीहरु थपिनेछन् । सिटौला र खड्कालाई १–१ र पौडेललाई २ राज्यमन्त्रीको नाम सिफारिस गर्न देउवाले भन्नु भएको थियो । सोही अनुसार सिटौलाले संखुवासभाका तारामान गुरुङ्ग र खड्काले मकवानपुरका इन्द्र बानियाँलाई सिफारिश गरेका हुन् ।