Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका ठकुरी र लामिछाने पनि नेकपाको केन्द्रीय सदस्य

SL-1608817072.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष केपी शर्मा ओली पक्षमा मकवानपुरका थप २ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । ९ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकबाट मकवानपुरका सुभाषचन्द्र ठकुरी र प्रल्हाद लामिछाने केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

७ पुसमा बसेको बैठकले मकवानपुरका रामचन्द्र राई, अनन्त पौडेल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेश बर्तौला, मधुशुदन खतिवडालाई मनोनित गरेको थियो ।

यसअघि केन्द्रिय कमिटीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र रामेश्वर राना केन्द्रिय कमिटीमा कायमै रहेका छन् । योे संगै नेकपाको केन्द्रिय कमिटीमा मकवानपुरका १० जना रहने भएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०