nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मंसीर ३ सम्म माग सुनुवाई नभए थप आन्दोलन 

राज्य पुर्नसंरचना आयोगको जिल्लास्थित प्राविधिक समिति र सीमांकनबाट असन्तुष्ट नामटार दलीय संयन्त्रबीच हेटौंडामा वार्ता सम्पन्न भएको छ । वार्तापश्चात् मंसिर ३ गतेसम्म जिल्लास्थित दलीय संयन्त्र र जिल्ला प्राविधिक समितिमार्फत् केन्द्रमा संवाद गर्ने निर्णय भएको संयुक्त आन्दोलन समितिका सहसंयोजक उदय हटुवालले जानकारी दिए । यदि अब पनि माग सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन गर्ने पनि उनले बताए । 

जिल्ला विकास समिति मकवानपुरमा सम्पन्न वार्तामा नारायणप्रसाद मैनाली, जिल्ला प्राविधिक समितिका सदस्य सचिव किसान मैनाली, माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी, नयाँ शक्ति पार्टीका जीवनमान मोक्तान, राप्रपा नेपालका केन्द्रीय सदस्य नवराज बिष्ट, राप्रपा नेपालका सीताराम बर्तौलालगायत जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र नामटार संयुक्त आन्दोलन परिचालन समितिका सदस्यहरुको सहभागिता थियो ।

उनीहरुले नामटार गाविसको १, ३ र ४ नम्बरका वडाहरुलाई पायक पर्ने थाहा नगरपालिका वा भीमफेदी गाउँपालिकामा  गाभ्न माग गर्दा सुनुवाई नभएकोले भन्दै कात्तिक २६ गतेदेखि अनिश्चितरुपमा त्रिभुवन राजपथको बाघमारादेखि सीमभञ्ज्याङसम्मको नामटार सडक सिमाना अबरुद्ध गरेका थिए ।