Sunday, 14th June, 2026
वि.स.

भोली बन्दको घोषणा, अवज्ञा गरे जनकारबाही गर्ने विप्लवको चेतावनी

विप्लव नेतृत्वको नेकपाले भोली मकवानपुर सहित मध्य कमाण्ड क्षेत्रमा बन्दको घोषणा गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गएिको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा जनाईए अनुसार १५ गतेको बन्दलाई अवज्ञा गरेको खण्डमा जनकारबहाही गर्ने चेतावनी समेत दिइएको छ ।
विप्लव नेनृत्वको नेकपाले यस अघि पनि विभिन्न माग राखेर नेपाल बन्द गर्दै आएको छ । केहि दिन अघि काठमाण्डौँमा आफ्ना नेता माईला लामाको पक्राउ विरुद्ध उनीहरुले कडा आन्दोलन गर्ने बताईएको अवस्थामा यो बन्दको आयोजना गरिएको हो ।