Tuesday, 16th June, 2026
वि.स.

शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

bank-1591944197.jpg

नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न निर्देशन दिएको छ ।क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सामार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको जानकारी दिए । उनका अनुसार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछन् ।सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।

कोभिड–१९ कारण सरकारको राजश्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरु खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०