Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भेग मिलाउँदै एमालेले थाहानगरमा उमेद्वार घोषणा गर्योः मेयरमा ढकाल, उपमेयरमा बलामी

Bishnu-Meyar-1493255156.jpg

मकवानपुर थाहा नगरपालिकाको नेकपा एमालेबाट नगर प्रमुख (मेयर) मा विष्णु प्रसाद ढकाल र उममेयरमा कल्पना बलामीलाई उमेद्वारी घोषणा गरेको छ । नेकपा एमालेको प्रदेश कमिटी बैठकले उमेद्वारहरुको टुंगो लगाएको हो । मेयर र उपमेयरहरुको आकांक्षी सबै भन्दा धेरै रहेको थाहामा एमालेले लामो गृह कायृ गरी उमेद्वार टुङ्ग्याएको हो ।

मेयरका उमेद्वार एमाले मकवानपुर जिल्ला सचिवालय सदस्य हुन् भने उपमेयर बलामी अखिल नेपाल महिला संघकी नेतृ हुन् । अन्य पार्टीको तुलनामा एमालेले भेगिए रुपमा मेयर र उम मेयरको उमेद्वार बनाएको छ । ढकाल साविक पालुङका हुन् भने बलामी बज्रवाराहीका हुन् ।

यसैबीच माओवादी र राष्ट्रिय जनमोर्चाले एउटै वडाको मेयर र उप मेयरको उमेद्वार घोषणा गरिसकेका छन् ।

हेर्नुहोस् स्थानीय तहको एमालेको प्रमुख र उपप्रमुख:

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०