nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्प प्रतिरोधी पुनःनिर्माणका लागि डकर्मी सिकर्मीलाई तालीम

सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) को आयोजनामा थाहा नगरपालिकाको थाना बजारमा एकहप्ते डकर्मी तथा सिकर्मीहरुका लागि भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी आधारभूत तालीम शुरु भएको छ । एसीएचओ, आइसीसीओ कोअपरेशनको सहयोगमा थाहा नगरपालिकाका चार वटा वडाका डकर्मी र सिकर्मीहरुका लागि तालीम दिइएको हो ।

तालीममा थाहा नगरपालिका वडा नम्बर ९, १०, १२ र १४ का ३० जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई अमिर दुवाडीले सहजीकरण गरिरहेका छन् । तालीमको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । कार्यक्रममा कार्यकारी अधिकृत परियारले भूकम्पको पुर्ननिर्माणको चरणमा डकर्मी सिकर्मीहरुको सीपलाई अधिक्तम प्रयोग गर्न सुझाव दिए । उनले पुर्ननिर्माणको चरणमा थाहानगरमा तथ्याङ्क अनुसार २ हजार ९७२ घर पुर्ननिर्माण हुने भएकोले नगर कस्तो बनाउने भन्ने अभिारा समेत सिकर्मी डकर्मीमा भएको उल्लेख गरे । कार्यकारी अधिकृत परियारले कुनै गाउँ वा वडालाई एउटै मोडल, रंग गरी पुर्ननिर्माण कार्य थालनी गर्न डकर्मी सिकर्मीलाई आग्रह पनि गरे । उनले भने–‘त्यस्तो निर्माण कार्य गर्ने कार्यमा थाहा नगरपालिकाले सहयोगका साथै प्रवद्र्धन गर्नेछ ।’

कार्यक्रममा थाहा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, सूचना अधिकारी सुरज कुमार भुजेल, आइसीसीओ कोअपरेशन सिकोन परियोजना संयोजक विद्या आचार्य, सिसिडिएनका जगत बजगाई, सिसिडिएनका सिकोन मकवानपुर जिल्ला कार्यक्रम संयोजक सन्तोष ढकाल, सव इन्जिनियर गोपाल भट्टराई, सामाजिक परिचालहकहरु गुदर सिंह, सस्मिता बललगायतकाको उहभागिता रहेको थियो ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg