Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीम रावलले भनेः पार्टीको निर्णय आयो, अब शीतल निवास छाड्यौं

bhim-rawal-1608125297.jpg

 संसदको विशेष अधिवेशन माग गर्दै सांसदहरुको हस्ताक्षर बोकेर दिनभर राष्ट्रपति भवन शीतल निवासमा धर्ना कसेका नेकपा नेता भीम रावल र पम्फा भुसाल साँझ ६ बजेपछि मात्र बाहिरिएका छन् । अपरान्ह १२ बजेर ४८ मिनेटमा विशेष अधिवेशन माग गर्ने निवेदन बोकेर शीतल निवास पुगेका नेताहरु स्थायी कमिटी बैठकको औपचारिक निर्णय नआएसम्म पर्खेरै बसेका थिए । बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि आफूहरु फर्किन लागेको रावलले बताए ।

नेता रावलले भने– प्रधानमन्त्रीज्यूले औपचारिक रुपमा अध्यादेश फिर्ता लिने,संवैधानिक अंगका नियुक्तिहरु पार्टीमा छलफल गरि प्रक्रियाबाट जाने र पार्टीका सबै कमिटीका बैठक र छलफलहरु नियमित रुपमा हुने भनेपछि हामी फर्किएका हौं । आफूहरुसँग ८३ जना सांसदको हस्ताक्षर रहेको रावलले दावी गरे । अध्यक्ष प्रचण्ड,माधव नेपाल सहितको हस्ताक्षरमा केही मन्त्रीको भने समावेश नरहेको उनले बताए ।

नेता रावलले दुवै अध्यक्षका प्रस्ताव फिर्ता भएर भदौ २६ को अवस्थामा फर्किनेबारे भने पार्टीमा छलफल हुन बाँकी रहेकाले आफूले कुनै प्रतिक्रिया नदिने बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०