nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भारतको इसारामा सरकार फेर्ने चलनको अन्त्य हुनेछः सिग्देल

manahari-6-1510771670.jpg

नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले ९÷९ महिनामा सरकार फेर्ने चलनको अन्त्यका लागि बाम गठबन्धन बनेको बताएकी छिन् । 
मनहरी गाउँपालिका वडा नं ९ स्थित संयुक्त बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै सिग्देलले भारतको इसारामा नेपालको सार्बभौमसत्ता खत्तम पार्दै दलालहरुले देशको ढुकुटी लुछिरहने प्रबृत्तिको अन्त्य अब छिट्टै हुने ठोकुवा गरिन् । उनले राज्यको पैसा अकूत रुपमा कुम्ल्याउने अनि त्यही पैसा खर्चेर गरिव बिपन्नहरुलाई लोभी बनाउने राजनीतिका अन्त्य अब सकिने बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता बलराम बलले यस क्षेत्रमा एकजना ठेकेदार आफ्नो निर्माण ठेक्काको पेश्की रकम बोकेर उम्मेदवार बन्न आएको भन्दै बिरोध गरे । पत्रपत्रिकाहरुमा इन्द्रबहादुर बानियाँले राज्यको निर्माणको ठेक्काबापत पेश्की लिएर आई निर्वाचनमा होमिएका समाचार आइरहेको भन्दै बलले राजनीतिक हैसियत नभएका ठेकेदारलाई जनताले तिरस्कृत गर्ने ठोकुवा गरे । आगामी बाम सरकारले सबैलाई समान रुपमा आर्थिक÷सामाजिक रुपान्तरणका लागि वातावरण निर्माण गर्ने बताए । हैसियतै नभएका मान्छेहरु मकवानपुरबाट जितेपछि कोही प्रधानमन्त्री, कोही मुख्यमन्त्री बन्छु भन्दै भाषण दिँदै हिँडेकामा आश्चर्य व्यक्त गर्दै बलले मकवानपुरे जनताले पञ्चायती भूत र ठेकेदारको एकैचोटी साङ्गे गर्ने दाबी गरे ।

नेकपा माओवादी केन्द्रका डम्बरबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका रामहरि सुवेदी, रामप्रसाद कालाखेती, बनस्तम थिङ, यदुनाथ श्रेष्ठ, सञ्जीव पाठक लगायतका नेताहरु सहभागी भए भने एमालेका तर्फबाट ३ नं प्रदेश सदस्य एकराज उप्रेती, जिल्ला सदस्य नवराज सुवेदी, चन्द्रा भुसाल, गौतम लामा लगायत सहभागी रहेका थिए ।