Monday, 15th June, 2026
वि.स.

बैशाखको पेन्सन १६ गतेपछि मात्र आउने

सेवानिवृत्त कर्मचारीले वैशाखमा पाउने पेन्सन १६ बैशाखपछि मात्र भुक्तानी हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले बैशाखको पेन्सन बैशाख पहिलो साता नभई १६ वैशाखपछि मात्र भुक्तानीको व्यवस्था गर्न नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई परिपत्र गरेको छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले निवृत्तिभरकहरुको ६/६ महिनामा हुनुपर्ने उपस्थितिलाई समेत असार मसान्तसम्म उपस्थित हुन नपर्ने गरी सारिएको छ ।

सरकारले १५ वैशाखसम्म लकडाउन घोषणा गरेको छ । त्यसपछि भने बैंकहरुले पूर्वकर्मचारीको पेन्सन खातामा भुक्तानी गर्न सक्नेछन् ।