Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बुढीचौर र सुकौरामा काँग्रेसको भेला

मकवानपुर गढी गाउँपालिकाअन्र्तगतका बुढीचौर र सुकौरामा नेपाली काँग्रेसले भेला तथा अन्र्तक्रिया गरेको छ । नेपाली काँग्रेस गढी गाउँपालिका वडा नं. ८ (साविक बुढीचौर गाविस) सभापति बेदनाथ न्यौपानेको सभाध्यक्षता र वडा नं. ७ मा (साविक सुकौरा गाविस) सभापति सुनराज स्याङतानको सभाध्यक्षता तथा पार्टीका जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेलको प्रमूख आथित्यतामा भएको थियो ।

दुवै भेला तथा अन्र्तक्रिया कार्यक्रममा अथितिहरु महासमिति सदस्य विष्णुप्रसाद दाहाल, जिल्ला सदस्यहरु गोपी अधिकारी, सूर्यबहादुर रुम्बा, अर्जुनप्रसाद दाहाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।   भेलाले ७ नम्बरमा सानुकान्छा मोक्तानको संयोजकत्वमा ४० सदस्यीय निर्वाचन परिचालन समिति र ८ नम्बरमा उत्तरसिं दोङको संयोजकत्वमा ३६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको २ नम्बर क्षेत्रीय सभापति सापकोटाले जानकारी दिए । 

यसैबीच बकैया गाउँपालिकाको २ नम्बरमा नेपाली काँग्रेसले भेला तथा अन्र्तक्रिया गरेको छ । नेपाली काँग्रेस साविक धियाँल गाविस सभापति ज्ञानबहादुर थिङको सभाध्यक्षता, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको प्रमूख आथित्यतामा भएको कार्यक्रममा अथितिहरु महासमिति सदस्य धर्मराज लामिछाने, १ नम्बरका क्षेत्रीय सचिव सुवात सिं थिङ, मिठाराम दाहाल, तरुण दल केन्द्रीय प्रतिनिधी रामबहादुर थिङ, क्षेत्रीय सदस्य सोम तिमल्सिना, धियाँल महिला संघकी सभापति सरिता जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा नासामाया घिसिलगायत एमाले, माओवादी केन्द्र र राप्रपा पार्टी परित्याग गरी ४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । भेलाले २ नम्बरमा चन्द्रबहादुर जिम्बाको संयोजकत्वमा २३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको १ नम्बरका क्षेत्रीय सभापति खनालले जानकारी दिए ।