nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बिष्णु विष्ट "आदर्श" आफ्नैबाट सधैभरि ‘कर्नरमा’

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मकवानपुरमा बिभिन्न दलहरुले आ आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराइरहँदा माओवादी केन्द्रका एक जना पुराना नेता यसपटक पनि समेटिएनन् भनेर तुखबर डटकमले लेखेकाे छ। 

द्वन्द्वकालदेखि नै माओवादीलाई बचाउँदै अहिलेको अवस्थासम्म ल्याइपुर्याउने उत्तरी क्षेत्र पालुङका ती नेता हुन् बिष्णु बिष्ट आदर्श । माओवादी युद्ध तिब्र भइरहँदा मकवानपुरको उत्तरी क्षेत्रमा आदर्शको नाम एक नम्बरमै आउँथ्यो । थुप्रै जटिल परिस्थितिमा पनि आदर्शले पार्टी निर्णय माने तर आजसम्म थुप्रै अवसर आए तर आदर्श कहिल्यै त्यसमा अटाएनन् । 

माओवादीको उभार आएको बेला पहिलो संविधानसभा निर्वाचन २०६४ मा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य उम्मेदवार हुने पक्का अवस्थामा आदर्श थिए तर अन्तिम समयमा प्रेमबहादुर पुलामी छिन्तुले उनलाई पाखा लगाइदिए । त्यतिबेला छिन्तु उठ्छन् भने म छोडिदिन्छु भनेर उनी पनि शान्त भए । निर्वाचनमा पूराका पूरा होमिए । दोस्रो संविधान सभा निर्वाचन २०७० मा पनि उनै आदर्श उम्मेदवार बन्ने लाइनमा थिए । संयोगवस सोही क्षेत्रबाट नारायण काजी श्रेष्ठ उम्मेदवार हुने भएपछि बडे नेताको मान राख्न आदर्शलाई त्यतिबेला पनि पाखा लगाइयो । माओवादीको २ नम्बर निर्वाचन क्षेत्रका संयोजक रहेका आदर्शलाई त्यतिबेला पनि ब्याक गरियो । चुनावमा एमालेका सुवास चन्द ठकुरीसँग पराजीत भएपछि नारायणकाजीले मकवानपुर आउने बाटो लगभग बिर्सिए । 

संविधान जारी भएपछि स्थानीय तहको निर्वाचन आयो । थाहा नगरपालिकाको मेयरमा आदर्शलाई उठाउने चर्चा चल्यो । लामो राजनीतिक लगानीबाट आएका आदर्श स्थानीय तहको निर्वाचनमा पनि कर्नरमा परे । उम्मेदवार हुन पाएनन् । 

अहिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको हिजो उम्मेदवारी दर्ता गरियो । फेरि पनि ती आदर्श पाखा पारिए । उनले यसपटक उम्मेदवार हुन पाउने आसा राखेका उनका समर्थक निरास भए । सो क्षेत्रबाट कुमारी मोक्तानले टिकट पाइन् । निर्वाचन क्षेत्र नं. २ को (क) मा कुमारी मोक्तानलाई जिताउन तिनै आदर्शलाई राजनीतिक परिचालन कमिटीको संयोजकमा थन्काइएको छ । प्रेमबहादुर पुलामी र कुमारी मोक्तानले आदर्शहरुको योगदान सम्झिएनन्, माओवादी कार्यकर्ताको गुनासो छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)