nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बिप्लवको नाउँमा वन समूहका अध्यक्षद्वयलाई मार्ने धम्की

मनहरी गाउँपालिका वडा नं ९ स्थित ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र ज्यामिरे कालिका सामुदायिक वनका अध्यक्षलाई मार्ने धम्की दिइएको छ । 

दुबै समूहको कार्यालय परिसरमा छुट्टाछुट्टै हस्तलिखित पर्चा फालेर मार्ने धम्की दिइएको हो । ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीताराम अर्याल र ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हेमलाल उप्रेतीबिरुद्ध पर्चाबाजी गरिएको हो । पर्चामा विप्लव माओवादी उल्लेख गर्दै ‘बाँच्ने दिन धेरै नभएको’ उल्लेख छ । अर्यालका लागि लेखिएको पर्चामा ‘पैसा लिई जनतालाई चक्मा दिने काम गरेका छस्, भौतिक कारबाहीका लागि १० जनाको नाम जानकारीमा आएको छ’ जस्ता कुराहरु उल्लेख छ । उप्रेतीका लागि भने वन समूह खारेज गर, नयाँ चुनाव गर, हरेक भूगोल समेटेर समिटेर सदस्य राख्ने कुरा नभूल्, पैसा बाँडेर काँचो रुख काट्ने र सदस्यदेखि उपभोक्ताहरुले काँचो रुख घरमा ल्याउने काम नगर’ जस्ता शब्दावली उल्लेख छ । दुबै अध्यक्षलाई एकै ह्याण्ड राइटिङको पर्चा कार्यालयको ढोकामा राखिएको भेटिएको उनीहरुले बताए । उनीहरुले यसबारेमा प्रहरी तथा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको बताएका छन् । 

यद्यपि बिप्लव नेतृत्वको पार्टीले भने आफ्नो नाउँमा अरुले नै त्यस्तो चलखेल गरेको जनाएको छ । आफ्नो नाउँ बचेर कसले त्यस्तो गरिरहेको छ भन्नेबारे अनुसन्धान जारी रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालाले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)