Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बालबालिकाको सिकाई निरन्तरताका लागि भर्चुअल कक्षाको प्रयोग

edu-1586396687.PNG

कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न विषम परिस्थितिमा देशभरका सामुदायिक तथा निजी विद्यालयहरु बन्द रहेका छन् । जसले गर्दा एस.इ.इ परिक्षा समेत हुन सकेको छैन । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत ११ देखिको लकडाउन लम्ब्याएर आगामी वैशाख ३ गतेसम्म र्पुयाएको छ । लकडाउनमा घरबाहिर निस्किन नपाइने भएपछि स्कूले बालबालिका कोठाभित्रै बस्न बाध्य रहेका छन् । लामो समय कोठाभित्र बस्दा उनीहरूको मानसिकतामा नकारात्मक असर पर्ने बाल मनोचिकित्सकहरुको भनाई छ । 
लकडाउनको समयमा बालबालिकाहरुमा नकारात्मक असर पर्न नदिनका लागि परिवारको प्रत्येक व्यक्तिले बालबालिकासँग घुलमिल भएर खेल्न सक्ने जनाइएको छ । 
इन्द्रसरोवर गाउँपालिकाले भने घरमा नै बालबालिबाको सिकाईलाई निरन्तरता दिनका लागि अभिभावकले सहजिकरण गर्न अनुरोध गरेको छ । घरमा नै बसेर भर्चुअल कक्षाको माध्यमबाट पठनपाठनमा सहजिकरण गरिदिनका लागि इन्द्रसरोवर गाउँपालिकाको शिक्षा शाखाका संयोजक तथा विद्यालय निरिक्षक धर्मानन्द पन्तले सबै अभिभावकहरुलाई अनुरोध गर्नुभएको छ ।
विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाहरुको पठनपाठन अवरुद्ध हुन् नदिई बालबालिकाको सिकाईलाई निरन्तरता दिनका लागि कक्षा ९ र १० का विद्यार्थीहरुका लागि भर्चुअल कक्षाको माध्यमबाट अनिवार्य विषयका पाठहरू पढ्न सक्नेछन् ।  

जसका लागि टेलिभिजन मार्फत एन.टिभी प्लस च्यानलमा प्रशारण भैरहेको शैक्षिक सामग्री र एन.सिं.ई.डी भर्चुअल युट्युव च्यानलमा समेत उपलब्ध रहेको शैक्षिक सामग्रीहरु बालबालिकालाई देखाउन सकिने जनाइएको छ । टेलिभिजन र युट्युव च्यानलमा प्रशारण भैरहेको यस्ता शैक्षिक सामग्रीहरु बालबालिका आफैले हेर्न र खोज्न नसक्ने भएकाले बालबालिकको सिकाईको लागि अभिभावकहरुले भरपुर सहयोग र सहजीकरण गर्न उहाँले आग्रह गर्नु भएको छ । 
 

एन.सिं.ई.डी भर्चुअल युट्युव च्यानल

https://www.youtube.com/channel/UCrTKRd1F1Ql_61JIEb5BOvA/featured

Indrasarowar Rural Municipality/इन्द्रसरोवर गाउँपालिका को फोटो।

Indrasarowar Rural Municipality/इन्द्रसरोवर गाउँपालिका को फोटो।

Indrasarowar Rural Municipality/इन्द्रसरोवर गाउँपालिका को फोटो।Indrasarowar Rural Municipality/इन्द्रसरोवर गाउँपालिका को फोटो।