Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बाम गठबन्धन खोक्रे, हामीलाई भोट दिए सबै सप्रे- डिना

प्रतिनिधिसभा  सदस्य क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनता जित्न पनि लोकतान्त्रिक गठबन्धन जित्नुपर्ने आवश्यकता रहेको बताउदै बाम गठबन्धनहरुको खोक्रf आश्वासन र हैसियत धेरै समय नटिक्ने बताईन । लोकतान्त्रिक गठबन्धनको थाहा नगरपालिका–४ मा चुनाब प्रचार समिति गठन तथा बैठकमा उपाध्यायले यसो बताएकी हुन ।  
 
 त्यसैगरी प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले लोकतान्त्रिक गठबन्धनको जित नै जनताको जित हुने बताए।  हेटौंडालाई ३ नम्वर प्रदेशको राजधानी स्थायी गराउनको निम्ति पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यकता रहेको उनको भनाइ रहेको थियो ।
बैठकले राप्रपाका थाहा नगरका अध्यक्ष हरेराम कार्कीको   संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ भने  शुक्रबारै भएको भेलाले सल्लाहकारमा ईश्वरनाथ पौडेल, कृष्ण भक्त श्रेष्ठ, राजेन्द्र विडारी, पवित्रा महत, रमेश रौनियार, खड्ग गोपाली, अर्जुन केसीलाई चयन गरेको छ । कार्यक्रममा पार्टीका निर्वतमान सभापति रघुरमण न्यौपाने, प्रदेश सभा क का निर्वाचन परिचालक जयराम  लामिछाने, २ का निर्वाचन प्रचार प्रसार समितिका प्रतिनिधि सभाको प्रदेश सह संयोजक रामजि न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम  नेपाली काँग्रेस थाहा नगरका सभापति योगेन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न  भएको थियो 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)