Thursday, 10th September, 2026
वि.स.

बाम गठबन्धनले जिते समावेशी शासनको अन्त्य 

Ser-Bhadur-Photo-1512038936.JPG

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धनले जिते समावेशी शासन व्यवस्थाको अन्त्य हुने बताएका छन् । मकवानपुरको थाहा नगरको  घट्टेचौरमा १४ मंसिरमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनले राष्ट्रपतीय शासन व्यवस्था लागु गर्दै २०६२÷६३ को जनआन्दोलनपछि प्राप्त समावेशी व्यवस्थाको अन्त्य गर्ने दावी गरे ।

आमसभामा उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष कमल थापाले यतिबेला कुन शासन व्यवस्था र सिद्धान्तका आधारमा राज्य व्यवस्था सञ्चालन गर्ने भन्ने जनताको मतले निर्णय गर्ने बताए । मुलुक दुई कित्तामा विभाजित भएको भन्दै उपप्रधानमन्त्री थापाले कम्युनिष्ट अधिनायकवादको खतरा बढेको संकेत गरे । 
नेपाली जनताले कुनै पनि स्वरुपको अधिनायकवाद नस्वीकार्ने भन्दै उपप्रधानमन्त्री थापाले लोकतान्त्रिक गठबन्धनले जनताको अधिकार र प्रजातन्त्रको रक्षा गर्ने बताए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०