nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 1st May, 2024
वि.स.
1000043965-1707579226.jpg

बाम गठबन्धनले जिते समावेशी शासनको अन्त्य 

Ser-Bhadur-Photo-1512038936.JPG

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धनले जिते समावेशी शासन व्यवस्थाको अन्त्य हुने बताएका छन् । मकवानपुरको थाहा नगरको  घट्टेचौरमा १४ मंसिरमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनले राष्ट्रपतीय शासन व्यवस्था लागु गर्दै २०६२÷६३ को जनआन्दोलनपछि प्राप्त समावेशी व्यवस्थाको अन्त्य गर्ने दावी गरे ।

आमसभामा उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष कमल थापाले यतिबेला कुन शासन व्यवस्था र सिद्धान्तका आधारमा राज्य व्यवस्था सञ्चालन गर्ने भन्ने जनताको मतले निर्णय गर्ने बताए । मुलुक दुई कित्तामा विभाजित भएको भन्दै उपप्रधानमन्त्री थापाले कम्युनिष्ट अधिनायकवादको खतरा बढेको संकेत गरे । 
नेपाली जनताले कुनै पनि स्वरुपको अधिनायकवाद नस्वीकार्ने भन्दै उपप्रधानमन्त्री थापाले लोकतान्त्रिक गठबन्धनले जनताको अधिकार र प्रजातन्त्रको रक्षा गर्ने बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)